SMARTINFONEPAL

a complete information site

प्रचण्डको पहलपछि ठग श्याम परदेशीको हातमा ‘हतकडी’।

1 min read

काठमाडौं : गएको गत शुक्रबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार सर्वसाधारण मानिसहरुको कारण भरिभराउ थियो । मानिसहरु सामन्तबाट ठगिएर घरबार बिहिन भएपछि नेकपा अध्यक्षसमक्ष गुहार माग्न आएका थिए ।

उनिहरुले आफुँहरुलाई सामन्तको चंगुलबाट मुक्त गरि घर फर्कने व्यवस्था मिलाईदिन नेकपा अध्यक्षसमक्ष अनुरोध गरेका थिए । दर्जनभन्दा बढिको संख्यामा हुल बाँधेका आएका ति सर्वसाधारण अरु कोही नभई ठग सामन्त श्याम परदेशीबाट घरबार बिहिन बन्न पुगेका मानिस थिए ।

सर्लाहीका मिटरब्याजे कुनै समयका दन्ते कथाका सामन्तजस्ता श्याम परदेशीको कारण अहिले एउटा गाउँ नै खाली हुने अवस्था आएको छ । झुटा तमसुक बनाउँदै श्याम परदेशीले घरबारी कब्जा गर्न थालेपछि सर्वसाधारण गुहार माग्न काठमाडौं आएका हुन् ।

श्याम परदेशीको लागि तस्बिर परिणाम
श्याम परदेशी

नेकपा अध्यक्ष प्रचण्डले ति सर्वसाधारणका कुरा सुनेपछि गरेको पहलले ठग सामन्त श्याम परदेशी अन्ततः पक्राउ परेका छन् । सर्लाहीका नेता र नेकपाका अन्य नेताहरुको परामर्शमा प्रचण्डले परदेशीलाई पक्राउ गराउन पहल गरेका थिए । प्रचण्डले सर्वसाधारण कुरा सुनेपछि गृहमन्त्रालयसँग परामर्श गरी श्याम परदेशीलाई पक्राउ गराएका हुन् ।

प्रचण्डले सर्वसाधारणहरुसँग कुराकानी गर्दा भनेका थिए, ‘अझै मध्यकालीन युग बाँकी रहेछ, ४ सय वर्षअगाडि यस्तो थियो भनेर पढ्न पाइन्थ्यो, यहाँ त अहिले पनि यस्तो रहेछ, म तत्काल कारबाहीको लागि महान्यायधिवक्ता, प्रहरी प्रमुख र गृह मन्त्रालयसँग कुरा गर्छु ।’

प्रचण्डले सर्वसाधारणसँगको छलफल पछि प्रहरी प्रमुख, महान्यायधिवक्ता र गृहमन्त्रीसँग सामुहिक छलफल गरी श्याम परदेशी भनेर चिनिने श्यामकृष्ण शाहविरुद्ध सामुहिक उजुरी गर्न सुझाएका थिए ।

प्रचण्डको त्यो जवाफपछि पीडितहरुले सामुहिक रुपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा फेरि उजुरी हाले । र, अन्ततः ठग श्याम परदेशी पक्राउ परेकाे छ ।

प्रहरीले ठग श्याम परदेशीलाई मलंगवा–१० स्थित घरनजिकैबाट पक्राउ गरेको थियो । पक्राउ परेका परदेशीबाट करिब ३ सय जनाभन्दा बढी ठगिएको जनाइएको छ । उनीहरु न्यायको खोजी गर्दै काठमाडौंसम्म आइपुगेका थिए ।

सर्लाहीका जिल्ला स्तरीय नेताको सहयोगमा काठमाडौं आइपुगेका उनीहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता नारायणकाजी श्रेष्ठ लगायतसँग भेटेर गुनासो राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *