SMARTINFONEPAL

a complete information site

एमसिसीले नेपाली टोलीलाई दियो २०२ रनको लक्ष्य , यो जित कस्को ?

1 min read

फोटो : बाह्रखरी

काठमाडौं : इंग्ल्याण्डको चर्चित एवं पुरानो क्लब मेरिलबोन क्रिकेट क्लब (एमसीसी)ले नेपाली क्रिकेट टीमसामु २ सय २ रनको विजयी लक्ष्य पेश गरेको छ । नेपाल भ्रमणमा रहेको इंग्लिस क्रिकेट टोलीले कीर्तिपुरमा जारी लिस्ट ए मान्यताप्राप्त ५० ओभरको खेलमा ज्ञानेन्द्र मल्ल नेतृत्वको नेपाली टोलीसामु मध्यम चुनौती पेश गरेको हो ।

निकै राम्रो शुरूवात गरेको एमसीसीको टोली २६ ओभरपछि लड्खडाएको थियो । १८ ओभरमा १०७ रन जोड्दा १ विकेट मात्र गुमाएको एमसीसीले त्यसपछि ९४ रन जोड्दा बाँकी ९ विकेट गुमायो । नेपालका लागि ललित राजवंशी र पवन शर्राफले ४/४ तथा करण केसी र अभिनास बोहराले १/१ विकेट लिए ।

नेपाल भ्रमणअन्तर्गत आफ्नो पहिले खेलमा एमसीसीले नेपाली यु–१९ क्रिकेट टोलीलाई पराजित गरेको थियो । आजको खेलमा पारस खड्का, सन्दीप लामिछाने र सोमपाल कामी भने खेलेका छैनन् ।

यस्तो छ खेल तालिकाः

३ नोभेम्बर : एमसिसीविरुद्ध नेपाल यू-१९ (५० ओभर)
४ नोभेम्बर : एमसिसीविरुद्ध नेपाली राष्ट्रिय टिम (५० ओभर)
६ देखि ८ नोभेम्बर : एमसिसीविरुद्ध नेपाली राष्ट्रिय टिम (तीन दिवसीय)
९ नोभेम्बर : एमसिसी र नेपाल मिक्स टिमविरुद्ध यू-१९ टिम (टी-ट्वान्टी)
११ नोभेम्बर : एमसिसीविरुद्ध पोखरा आमन्त्रण-११ (२० ओभर)
१२ नोभेम्बर : एमसिसीविरुद्ध मुख्यमन्त्री-११ टिम (२० ओभर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *