SMARTINFONEPAL

a complete information site

चित्रसारीमा एकादशी मेला सुरू ।

1 min read

रत्ननगर : नेपालको चितवनकै चर्चित चित्रसारी मेला बिहीबारबाट सुरू भएको छ । हरिबोधनी एकादशीको अवसरमा हरेक वर्ष रत्ननगर–८, चित्रसारीमा सो मेला लाग्ने गर्दछ । आज शुक्रबार मेलाको मुख्य दिन हो ।

मेलामा अत्यधिक उखुको व्यापार हुने गरेको छ । एकादशीमा व्रत बसेकाहरुले चित्रसेन बाबाको मन्दिरमा पूजाआजा गर्ने र मेला हेर्ने गर्दछन् । मेलाको मुख्य आकर्षण नै खानेकुरामा उखु र खेलकुदमा राउन्ड बत्ती हो । मेला भर्न आएकाहरु राउन्ड बत्ती खेल खेलेर मनोरञ्जन लिने गरेका छन् ।

मेलामा १५० बढी व्यावसायिक स्टलहरु रहेको मेला व्यवस्थापन समितिले जनाएको छ । लामो समयदेखि यहाँ मेला लाग्ने गरेको कारण चितवन जिल्लासहित नवलपरासी र मकवानपुरबाट समेत मेला भर्न आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *