SMARTINFONEPAL

a complete information site

अनेरास्ववियूको एकता सम्पन्न चितवनबाट सरोजध्वज भण्डारी र स्वरुप सुयालसहित नौ जना केन्द्रिय कमिटीमा ।

1 min read

चितवन : नेपालका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूको एकता प्रक्रिया पूरा भएको छ।साविक नेकपा एमालेको अनेरास्ववियुबाट १८० जना र साबिक नेकपा माओवादी केन्द्रबाट १५५ जना गरि कुल ३३५ सदस्यीय केन्द्रिय कमिटीको शुक्रबार मध्यरातमा घोषणा भएको हो।

  

यस अघि नै संगठनको केन्द्रिय संयोजकमा अनेरास्ववियुका ऐन महर र सहसंयोजकमा अखिल क्रान्तिकारीका रन्जित तामाङलाई नेकपाको केन्द्रिय सचिवालयले मनोनयन गरिसकेको थियो।
एकताको केन्द्रिय कमिटीमा चितवनबाट बैचारिक विद्यार्थी नेता स्वरुप सुयाल सहित नौ जनाले प्रतिनिधित्व गर्ने अवसर पाएका छन।केन्द्रिय कमिटी सदस्यमा स्वरुप सुयाल,प्रकाश भट्ट,सरोज भन्डारी,निशा अधिकारी,देब पाठक,दुर्लभ शाही,सुरज सिंह ठकुरी,अशोक देबकोटा र निर्वाचन आयोग सदस्यमा धिपन भन्डारि मनोनयन हुनुभएकोहो।

एकताको प्रक्रियामा रहेको अनेरास्ववियूको केन्द्रिय कमिटी घोषणासगै बिगत २ बर्ष देखी जिम्मेवारी बिहिन विद्यार्थीनेताहरूले काम प्राप्त गरेका छन।
चितवनका विद्यार्थी नेताहरुले यो एकतालाई ऐतिहासिक घटना र अवसर भएको बताएका छन। छोटो प्रतिक्रिया व्यक्त गर्दै विद्यार्थीनेता स्वरुप सुयालले भने
“नेपाली विद्यार्थी आन्दोलनको पहिलो अनि सर्वाधिक ठुलो संगठन अनेरास्ववियु र त्यतिकै क्रियाशिल संगठन अखिल क्रान्तिकारिको एकताले नेपालको शैक्षिक मुद्दा अझ घनिभुत ढंगले उठने र रचनात्मक विद्यार्थी आन्दोलनले नया उचाई प्राप्त गर्नेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *