SMARTINFONEPAL

a complete information site

रत्ननगरमा देखियो एक जनामा (आरडीटी) पोजिटिभ

1 min read

चितवनको रत्ननगरमा आज गुञ्जमान सिंह हस्पिटल रत्ननगरमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणमा एक जनामा एन्टीबडी पोजिटिभ देखिएको रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले जानकारी दिनु भएको छ ।
आज ११ जनाको परीक्षण गर्दा एक महिलामा पोजिटिभ देखिएको हो ।

ती महिलाको पीसीआर भने परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । उनको स्वाब संकलन गरी पीसीआरबाट भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *